spot_img

गृहमन्त्रीपछि उद्योगमन्त्रीको सरकारी गाडीबाट पनि हटाइयो कालो सिसा

spot_img
spot_img

काठमाडौं,१६ असार । गृहमन्त्रीको निर्देशनअनुसार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले प्रयोग गर्दै आएको सरकारी गाडीबाट पनि कालो सिसा हटाइएको छ।

मंगलबार मन्त्रालयका कर्मचारीले मन्त्री यादवको सरकारी सवारीसाधनमा जडान गरिएको कालो सिसा हटाएका हुन्। यससँगै सरकारका उच्चपदस्थ अधिकारीले प्रयोग गर्ने सवारीसाधनमा कालो सिसा हटाउने अभियान अघि बढेको छ।

यसअघि गृहमन्त्रीले सबै विशिष्ट व्यक्ति (भीआईपी) ले प्रयोग गर्ने सरकारी सवारीसाधनबाट कालो सिसा हटाउन निर्देशन दिएका थिए। सोही निर्देशनअनुसार सोमबार गृहमन्त्रीले प्रयोग गर्ने सरकारी गाडीबाट पनि कालो सिसा हटाइएको थियो।

सरकारले भीआईपी सवारीसाधनमा कानुनी मापदण्डको पालना सुनिश्चित गर्दै पारदर्शिता र सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन क्रमशः अन्य सरकारी सवारीसाधनबाट पनि कालो सिसा हटाउने तयारी गरेको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय