काठमाडौं,१७ असार । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेर २ लाख ७७ हजार ३ सय रुपैयाँ कायम भएको छ। मंगलबार सुन प्रतितोला २ लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
पछिल्लो एक साताको अवधिमा सुनको मूल्य उल्लेखनीय रूपमा घटेको छ। गत बुधबार प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ रहेको सुन अहिले ६ हजार २ सय रुपैयाँले सस्तो भएको हो।
त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेको छ। बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार २७० रुपैयाँ निर्धारण गरिएको छ, जबकि अघिल्लो दिन यसको मूल्य ४ हजार २८५ रुपैयाँ थियो।
एक साताअघि प्रतितोला ४ हजार ४८५ रुपैयाँ रहेको चाँदी पनि निरन्तर घट्दो क्रममा देखिएको छ। अन्तर्राष्ट्रिय बजारको मूल्य र विनिमय दरको प्रभावका कारण नेपाली बजारमा सुनचाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुने गरेको व्यवसायीहरू बताउँछन्।




