spot_img

सिरहामा विद्यालय बसले किच्दा दुई जनाको ज्यान गयो

spot_img
spot_img

सिरहा,१७ असार । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–२ पर्सामा विद्यालय बसको दुर्घटनामा एक सहचालक र पाँच वर्षीया बालिकाको मृत्यु भएको छ। दुवैको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीका अनुसार लहान नगरपालिका–१२ भोटियाटोलस्थित पायोनियर एजुकेसन स्कुलको को.१ ख ३५९९ नम्बरको विद्यालय बसले किच्दा २२ वर्षीय सहचालक ओमप्रकाश यादव र शिशु कक्षामा अध्ययनरत पाँच वर्षीया समीक्षा साहको मृत्यु भएको हो।

प्रहरीका अनुसार मंगलबार अपराह्न विद्यार्थीलाई घर पुर्‍याउन पुगेको बसबाट समीक्षा ओर्लिएपछि बस अगाडि बढ्ने क्रममा दुर्घटना भएको थियो। सोही क्रममा सहचालक यादव पनि बसको पछाडिको चक्कामुनि परेका थिए। दुर्घटनामा दुवैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि बस चालक फरार रहेका छन्। प्रहरीले बसलाई नियन्त्रणमा लिई चालकको खोजी तथा घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

मृतक समीक्षा साह सप्तरीको बोदेबरसाइन नगरपालिका–८ निवासी गजेन्द्र साहकी छोरी हुन्। उनी सिरहाको लक्ष्मीपुर पतारी–२ स्थित मावलीघरमा बस्दै पायोनियर एजुकेसन स्कुलमा अध्ययनरत थिइन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय