spot_img

पूर्वडीआईजी अर्जुन चन्द ठकुरीको निधन

spot_img
spot_img

काठमाडौं,१७ असार । नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीको निधन भएको छ। करिब १० दिनअघि ललितपुरको भैंसेपाटीस्थित आफ्नै निवासमा लडेर गम्भीर घाइते भएका चन्दको बुधबार बिहान मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

परिवारका अनुसार उपचारका लागि अस्पताल भर्ना गरिएका उनको स्वास्थ्य अवस्थामा सुधार आउन नसकेपछि आज बिहान उनको मृत्यु भएको हो। स्वर्गीय चन्दको पार्थिव शरीरको आजै काठमाडौंस्थित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने तयारी गरिएको परिवार स्रोतले जनाएको छ।

नेपाल प्रहरीमा लामो समय सेवा गरेका चन्दले विभिन्न जिम्मेवार पदमा रहेर योगदान दिएका थिए। उनको निधनप्रति प्रहरी संगठनका पूर्व तथा वर्तमान अधिकारीहरूले दुःख व्यक्त गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय