spot_img

सांसदका कुरा बेवास्ता नगर्न सरकारलाई राष्ट्रियसभा अध्यक्षको कडा निर्देशन

spot_img
spot_img

काठमाडौं,१७ असार । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संसद्मा सांसदहरूले उठाएका जनसरोकारका विषयलाई बेवास्ता नगर्न सरकारलाई कडा निर्देशन दिएका छन्। उनले सङ्घीय सरकारका सबै मन्त्रीलाई राष्ट्रियसभा बैठकमा उपस्थित भई सांसदहरूको प्रश्न र जिज्ञासाको जवाफ दिन रुलिङ जारी गरेका हुन्।

सोमबार बसेको राष्ट्रियसभा बैठकमा अध्यक्ष दाहालले आकस्मिक, शून्य, विशेष तथा प्रादेशिक सरोकारका समयमा सांसदहरूले उठाएका राष्ट्रिय तथा स्थानीय महत्वका विषयलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताए। उनले ती विषयमा सम्बन्धित मन्त्रीहरूले संसद्मै उपस्थित भएर स्पष्ट जवाफ दिनुपर्नेमा जोड दिए।

बैठकको सुरुमै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्ता साझेदार नेकपाका सांसदहरूले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका थिए। उनीहरूले संसद्मा बारम्बार उठाइने जनतासँग प्रत्यक्ष जोडिएका समस्या, विकास निर्माणका काम र समसामयिक विषयमा सरकार र सम्बन्धित मन्त्रीले बेवास्ता गरेको भन्दै आपत्ति जनाएका थिए।

सांसदहरूको यही गुनासो र दबाबपछि अध्यक्ष दाहालले सरकारलाई संसद्प्रति उत्तरदायी बनाउन तथा राष्ट्रियसभाको गरिमा कायम राख्न मन्त्रीहरूको अनिवार्य उपस्थितिसहित सांसदका प्रश्नको जवाफ दिन विशेष रुलिङ जारी गरेका हुन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय