spot_img

मुस्ताङमा युरेनियम उत्खननबारे कुनै सम्झौता भएको छैन : परराष्ट्रमन्त्री खनाल

spot_img
spot_img

काठमाडौं,१७ असार । परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङमा युरेनियम धातु उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच कुनै सम्झौता भएको भन्ने चर्चालाई निराधार बताएका छन्।

बुधबार राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री खनालले युरेनियम उत्खननसम्बन्धी कुनै पनि सम्झौता नभएको स्पष्ट पारे। उनले यस विषयमा फैलाइएका हल्लामा कुनै सत्यता नरहेको बताए।

मन्त्री खनालले प्राकृतिक स्रोतको संरक्षण र उपयोगसम्बन्धी नेपालको संविधानले गरेको व्यवस्था अनुसार नै सरकारले काम गरिरहेको उल्लेख गर्दै राष्ट्रिय स्रोत–साधनको प्रयोगमा संविधान र कानुनको पूर्ण पालना हुने बताए।

उनले नेपालले आफ्नो असंलग्न परराष्ट्र नीति तथा पञ्चशीलको सिद्धान्तअनुसार नै अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गरिरहेको स्पष्ट पार्दै ती सिद्धान्तविपरीत कुनै पनि सम्झौता नगर्ने सरकारको नीति रहेको बताए।

नेपाल–भारत सीमा विवादबारे बोल्दै उनले ऐतिहासिक सन्धि, सम्झौता र नक्साका आधारमा कूटनीतिक संवादमार्फत समस्या समाधान गर्न नेपाल सरकार सदैव प्रतिबद्ध रहेको बताए।

मन्त्री खनालले वर्तमान सरकारले राष्ट्रिय हितको संरक्षण, मुलुकको अन्तर्राष्ट्रिय छवि सुदृढीकरण तथा परराष्ट्र सम्बन्धलाई प्राथमिकतामा राखेर काम गरिरहेको पनि जानकारी दिए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय