spot_img

तराई अस्पतालमा सुत्केरीको मृत्युबारे निष्पक्ष छानबिनको माग, दोषीमाथि कारबाही गर्न आग्रह

spot_img
spot_img

वीरगन्ज,१७ असार । वीरगन्जस्थित तराई अस्पतालमा उपचारका क्रममा एक सुत्केरी महिलाको मृत्यु भएपछि घटनाको निष्पक्ष, पारदर्शी र स्वतन्त्र छानबिन गर्न माग गरिएको छ।

घटनापछि उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा अस्पताल व्यवस्थापनको भूमिकाबारे सत्यतथ्य बाहिर ल्याउन सम्बन्धित निकायसँग माग गरिएको हो। उपचार प्रक्रियामा कुनै लापरबाही वा व्यावसायिक त्रुटि भए–नभएको विषयमा गहिरो अनुसन्धान हुनुपर्नेमा जोड दिइएको छ।

यसका साथै, अस्पतालको सीसीटीभी फुटेज, उपचारसम्बन्धी अभिलेख तथा घटनासँग सम्बन्धित सबै प्रमाण सुरक्षित राखी निष्पक्ष अनुसन्धान अघि बढाउन आग्रह गरिएको छ।

अनुसन्धानबाट कसैको लापरबाही वा व्यावसायिक कमजोरी प्रमाणित भए कुनै पनि दबाब वा प्रभावमा नपरी कानुनअनुसार कडा कारबाही गर्न माग गरिएको छ। सुत्केरी महिलाको मृत्यु संवेदनशील र गम्भीर विषय भएकाले पीडित परिवारले न्याय पाउनुपर्ने तथा घटनाको वास्तविकता सार्वजनिक गरिनुपर्ने माग पनि गरिएको छ।

हाल घटनाबारे सम्बन्धित निकायबाट औपचारिक अनुसन्धानको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय