spot_img

बालबालिकालाई पार्टी सदस्यता दिएको विषयमा रास्वपासँग मानव अधिकार आयोगले माग्यो स्पष्टीकरण

spot_img
spot_img

काठमाडौं,१७ असार । राष्ट्रिय मानव अधिकार आयोगले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टीको सदस्य बनाइएको भन्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग स्पष्टीकरण मागेको छ।

आयोगले सोमबार रास्वपाको केन्द्रीय कार्यालयलाई पत्राचार गर्दै बालबालिकालाई पार्टी सदस्यका रूपमा आबद्ध गरिएको भन्ने सार्वजनिक समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पत्रमा उक्त समाचारबारे पार्टीको आधिकारिक धारणा र आवश्यक जानकारी उपलब्ध गराउन आग्रह गरिएको छ।

आयोगका अनुसार रास्वपाको महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमा बालबालिकालाई पार्टी सदस्यता वितरण गरिएको उल्लेख भएको भन्ने जानकारी प्राप्त भएपछि यस विषयमा स्पष्टीकरण मागिएको हो। आयोगले बालबालिकालाई राजनीतिक दलको सदस्यका रूपमा संगठित गर्ने कार्य प्रचलित कानुन तथा नेपालले गरेका अन्तर्राष्ट्रिय प्रतिबद्धतासँग मेल खान्छ वा खाँदैन भन्ने विषयमा स्पष्ट जवाफ दिन रास्वपालाई अनुरोध गरेको छ।

मानव अधिकार आयोगले प्राप्त हुने जवाफका आधारमा आवश्यक अध्ययन तथा थप प्रक्रिया अघि बढाउने जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय