spot_img

जेनजी आन्दोलनपछि नारायणहिटी सफा गराइएको थियो : प्रचण्ड

spot_img
spot_img

काठमाडौं,१७ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनपछि नारायणहिटी दरबार सफा गर्न लगाइएको सूचना आफूहरूले पाएको दाबी गरेका छन्। त्यसबेला देशमा असामान्य राजनीतिक परिस्थिति सिर्जना भएको भन्दै उनले सम्भावित दुर्घटना रोक्न आफूहरू गम्भीर रूपमा सक्रिय रहेको बताएका छन्।

पोखरामा आयोजित पार्टीको गण्डकी प्रदेश समिति एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भदौ २६ गते राति राष्ट्रपति निवास शीतलनिवासमा बसेर देशलाई अर्को दुर्घटनाबाट जोगाउने विषयमा छलफल भएको बताए।

उनका अनुसार त्यतिबेला जनस्तरमा ‘देश नयाँ राजनीतिक युगतर्फ जान लागेको’ चर्चा व्यापक रूपमा चलिरहेको थियो। सोही क्रममा नारायणहिटी दरबार सफा गरिँदैछ भन्ने सूचना पनि आफूहरूले पाएको उनले बताए।

‘पहिले नारायणहिटी सफा हुँदैछ भन्ने चर्चा सुन्यौं। पछि बुझ्दा वास्तवमै सफा गर्न लगाइएको रहेछ,’ प्रचण्डले भने, ‘त्यो अवस्थाले देशको राजनीतिक परिस्थिति कति संवेदनशील थियो भन्ने देखाउँछ। जनता, नेता र कार्यकर्ताबीचको सम्बन्ध कमजोर भइसकेको थियो। हामी त्यतिबेला आफ्नो व्यक्तिगत भविष्यभन्दा देशलाई दुर्घटनाबाट जोगाउने चिन्तामा थियौं।’

प्रचण्डले त्यस समय आफूहरू संसद् विघटनको पक्षमा नरहेको पनि दोहोर्‍याए। उनका अनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरिम सरकार गठनका लागि पत्र पठाएपछि राजनीतिक अवस्थाले नयाँ मोड लिएको थियो।

‘अन्तरिम सरकारको प्रस्ताव हामीले ल्याएका होइनौं। केपी ओलीजीकै पत्रपछि त्यसले वैधता पाएको जस्तो देखियो,’ उनले भने, ‘हामीले देशलाई थप राजनीतिक संकटमा जान नदिन त्यो विकल्प स्वीकार गरेका हौं। हाम्रो धारणा भने संसद् विघटन होइन, नयाँ प्रधानमन्त्रीलाई संसद्बाटै अनुमोदन गरिनुपर्छ भन्ने थियो। अन्तिम समयसम्म पनि हामी त्यही अडानमा थियौं।’

प्रचण्डले तत्कालीन राजनीतिक घटनाक्रमलाई स्मरण गर्दै देशलाई अस्थिरताबाट जोगाउन आफूहरूले जिम्मेवार भूमिका खेलेको दाबी गरे।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय