spot_img

पूर्वसांसद कोइरीलाई उच्च अदालतबाट ५ वर्ष कैद सजाय

spot_img
spot_img

जनकपुर,१७ असार । सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) थमन विक हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीबाट सफाइ पाएका नेकपा (एमाले)का नेता तथा पूर्वप्रतिनिधिसभा सदस्य लक्ष्मी महतो (कोइरी)लाई उच्च अदालत जनकपुरले दोषी ठहर गर्दै पाँच वर्ष कैद सजाय सुनाएको छ।

उच्च अदालत जनकपुरका न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले महोत्तरी जिल्ला अदालतको २०८० मंसिर २८ गतेको फैसला उल्टाउँदै कोइरीलाई दोषी ठहर गरेको हो।

थमन विक हत्या प्रकरणमा जिल्ला अदालतको सफाइ आदेशविरुद्ध तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेस प्रदेश सांसद अभिराम शर्मा पक्षलगायतले उच्च अदालतमा पुनरावेदन दिएका थिए। सोही पुनरावेदनमाथिको सुनुवाइपछि उच्च अदालतले कोइरीलाई पाँच वर्ष कैद सजाय सुनाउने फैसला गरेको हो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय