spot_img

६ हजार २०० रुपैयाँले बढ्याे सुनकाे मूल्य

spot_img
spot_img

बीरगन्ज,१८ असार । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिनको तुलनामा आज छापावाल सुनको मूल्य प्रतितोला ६ हजार २०० रुपैयाँले बढेको हो।

महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ निर्धारण गरेको जनाएको छ। बुधबार भने यही सुन प्रतितोला २ लाख ७७ हजार ३०० रुपैयाँ मा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ४५० रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको ४ हजार २७० रुपैयाँ भन्दा १८० रुपैयाँ बढी हो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको वृद्धिको प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरूले बताएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय