spot_img

बारामा चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु

spot_img
spot_img

बीरगन्ज,१८ असार । बारामा चट्याङ लाग्दा एक बालिकाको ज्यान गएको छ भने एक महिला घाइते भएकी छन्।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बुधबार बेलुकी महागढीमाई नगरपालिका–९ पिपरा बिर्तामा खेतबाट घर फर्किने क्रममा चट्याङ लाग्दा स्थानीय १२ वर्षीया सञ्जना कुमारी दासको घटनास्थलमै मृत्यु भएको हो।

उक्त घटनामा चट्याङ लागेर सोही स्थानकी ३० वर्षीया सरिता देवी दास घाइते भएकी थिइन्। उनको कलैयास्थित प्रादेशिक अस्पतालमा उपचार गरिएको र उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ।

प्रहरीले वर्षायाममा चट्याङको जोखिम बढ्ने भएकाले मेघगर्जन तथा चट्याङ परिरहेका बेला खुला स्थान, खेतबारी तथा अग्ला रुखमुनि नबस्न सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय