spot_img

हेलमेट नलगाई सवारी चलाएका सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई ५०० रुपैयाँ जरिबाना

spot_img
spot_img

कैलाली,१८ असार । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक नियम उल्लंघन गरेको आरोपमा कारबाहीमा परेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले हेलमेट नलगाई मोटरसाइकल चलाएको पाइएपछि मुख्यमन्त्री शाहलाई ट्राफिक नियमअनुसार ५०० रुपैयाँ जरिबाना गरिएको जनाएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख रेशम आचार्य नेतृत्वको प्रहरी टोली मुख्यमन्त्रीको निवासमै पुगेर जरिबाना रकम बुझाएको बताइएको छ।

ट्राफिक प्रहरीले जारी गरेको चिटमा मुख्यमन्त्री शाहले हेलमेट प्रयोग नगरी सवारी चलाएको उल्लेख गरिएको छ। ट्राफिक नियम सबै नागरिकका लागि समान रूपमा लागू हुने सन्देशस्वरूप कानुनबमोजिम कारबाही गरिएको प्रहरीको भनाइ छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय