काठमाडौं,१८ असार । मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरीका अनुसार उक्त सडकखण्डअन्तर्गत जलबिरे क्षेत्रमा पहिरो खसेपछि दुवैतर्फबाट सवारी साधनको आवागमन रोकिएको हो।
सडक अवरुद्ध भएपछि यात्रु तथा मालवाहक सवारीसाधन बाटोमै रोकिएका छन्। पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले अत्यावश्यक बाहेक यस सडकखण्डमा यात्रा नगर्न तथा यात्रा गर्नुपर्ने अवस्थामा सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न चालक तथा यात्रुलाई आग्रह गरेको छ।




