काठमाडौँ,१८ असार । प्रधानमन्त्री बालेन शाहले बिहीबार दिउँसो २ बजेका लागि मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठकमा सरकारका दैनिक प्रशासनिक कामकारबाही, समसामयिक विषय तथा विभिन्न नीतिगत एजेन्डामाथि छलफल हुने जनाइएको छ।
सचिवालयले बैठकबाट आवश्यक प्रशासनिक तथा नीतिगत निर्णयहरू पनि गरिने जनाएको छ।




