spot_img

साउन १ देखि काठमाडौंमा ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी

spot_img
spot_img

काठमाडौं,१८ असार । महिलाको सुरक्षित सार्वजनिक आवागमनलाई प्राथमिकता दिँदै सरकारले आगामी साउन १ गतेदेखि काठमाडौं उपत्यकामा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी गरेको छ। पहिलो चरणमा आठ वटा बस सञ्चालनमा ल्याइने जनाइएको छ।

यो कार्यक्रम सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची अन्तर्गत सातै प्रदेशमा निःशुल्क बस सेवा विस्तार गर्ने योजनाको हिस्सा हो।

पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलका अनुसार पहिलो १०० दिनभित्र २५ वटा ‘ब्लू बस’ सञ्चालन गर्ने लक्ष्य राखिएको छ। सेवा सञ्चालनका लागि साझा यातायातले अर्थ मन्त्रालयसँग आवश्यक राय तथा सहमतिका लागि पत्राचार गरिसकेको छ। अर्थ मन्त्रालयबाट स्वीकृति प्राप्त भएपछि साउन १ गतेदेखि सेवा सुरु गरिनेछ।

प्रारम्भिक चरणमा लगनखेल–बुढानीलकण्ठ रुटमा दुई वटा तथा थानकोट–नागढुङ्गा–विमानस्थल रुटमा दुई वटा बस सञ्चालन गरिनेछ। त्यसैगरी चक्रपथ (रिङरोड) क्षेत्रमा चार वटा बस चलाइनेछन्, जसमध्ये दुई वटा क्लकवाइज र दुई वटा एन्टिक्लकवाइज दिशामा सञ्चालन हुनेछन्।

सरकारले ‘ब्लू बस’ सेवामार्फत विशेषगरी महिला यात्रुलाई सुरक्षित, सहज र निःशुल्क सार्वजनिक यातायात सुविधा उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय