spot_img

बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त

spot_img
spot_img

काठमाडौं,१८ असार । चितवनस्थित बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त भएका छन्। लामो समय त्रिवि शिक्षण अस्पतालमा कार्यरत रहेका डा. सिंहलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अस्पतालको अध्यक्षको जिम्मेवारी दिएको हो। उनले मन्त्रालयबाट आफ्नो नियुक्तिबारे औपचारिक जानकारी प्राप्त भएको बताएका छन्।

मन्त्रालयले गत वैशाख १५ गते अस्पतालको अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको थियो। उक्त पदका लागि आठ जनाको आवेदन परेको थियो, जसबाट छनोट प्रक्रियापछि डा. सिंह अध्यक्षमा नियुक्त भएका हुन्।

डा. सिंहको नियुक्तिसँगै क्यान्सर उपचार सेवा, अस्पताल व्यवस्थापन तथा संस्थागत सुधारका कार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय