काठमाडौं,१८ असार । प्रधानमन्त्रीको आह्वानमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ।
बैठक बिहीबार दिउँसो करिब पौने ३ बजेदेखि बसिरहेको छ। बैठकमा सरकारका नियमित प्रशासनिक कामकारबाही, समसामयिक विषय तथा विभिन्न नीतिगत एजेन्डामाथि छलफल भइरहेको जनाइएको छ।
यो नियमित मन्त्रिपरिषद् बैठक भएकाले आवश्यक प्रशासनिक तथा नीतिगत निर्णयहरू पनि गरिने अपेक्षा गरिएको छ।




