spot_img

सम्पत्ति शुद्धीकरण निवारण विधेयक संसद्को तल्लो सदनबाट पारित

spot_img
spot_img

काठमाडौँ,१८ असार । प्रतिनिधिसभाले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा विधेयकमाथि दफावार छलफल सम्पन्न भएपछि सभामुख डोलप्रसाद अर्यालले बहुमतका आधारमा विधेयक पारित भएको घोषणा गरेका हुन्।

विधेयकमाथिको छलफलमा सांसदहरू प्रकाशचन्द्र परियार, गुरुप्रसाद बराल, गणेशबहादुर विश्वकर्मा, कमल सुवेदी, चन्देश्वर मण्डल, यसुदाकुमारी बराल, भरतबहादुर खड्का, पार्वती बिक, महेन्द्र शाही, हरिमोहन भण्डारी र बलावती शर्माले आफ्नो धारणा राख्दै विभिन्न संशोधन प्रस्ताव दर्ता गरेका थिए।

छलफलको अन्त्यमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद प्रकाशचन्द्र परियार, कमल सुवेदी र हरिमोहन भण्डारीले आफ्नो संशोधन प्रस्ताव फिर्ता लिए। अन्य सांसदहरूले दर्ता गराएका संशोधन प्रस्ताव भने प्रतिनिधिसभाबाट अस्वीकृत भएका छन्।

यसअघि सरकारले यही विषयमा अध्यादेश जारी गरेको थियो। सोही अध्यादेशलाई प्रतिस्थापन गर्ने उद्देश्यले सरकारले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभामा पेस गरेको थियो, जुन आज बहुमतले पारित भएको हो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय