काठमाडाैं,१८ असार । सरकारले नेपाल प्रहरीका आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को सरुवा गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी संगठनको उच्च नेतृत्व तहमा सरुवा गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै आठ जना एआईजीको सरुवा गरिएको जानकारी दिएका छन्।
यद्यपि, सरुवा गरिएका एआईजीहरूको नाम र उनीहरूलाई दिइने नयाँ जिम्मेवारीबारे सरकारले हालसम्म विस्तृत विवरण सार्वजनिक गरेको छैन। सरुवासम्बन्धी औपचारिक सूची आवश्यक प्रशासनिक प्रक्रिया पूरा भएपछि प्रहरी प्रधान कार्यालयले सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।




