spot_img

अस्ट्रेलियामा मृत्यु भएका पर्साका युवकको शव स्वदेश ल्याउन सांसद कानुको माग

spot_img
spot_img

वीरगन्ज,१८ असार । वैदेशिक रोजगारीका सिलसिलामा अस्ट्रेलिया पुगेका पर्साका एक युवकको मृत्यु भएको करिब तीन महिना बितिसक्दा पनि पार्थिव शरीर नेपाल ल्याउन नसकिएको विषय प्रतिनिधिसभामा उठाइएको छ।

पर्सा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सुशील कुमार कानुले बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पर्सागढी नगरपालिका–७, बागेश्वरीका २९ वर्षीय राकेश पटेलको शव यथाशीघ्र स्वदेश ल्याउन आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

सांसद कानुका अनुसार रोजगारीका लागि अस्ट्रेलिया पुगेका पटेलको करिब तीन महिनाअघि त्यहाँको तामसेलिया क्षेत्रमा मृत्यु भएको थियो। तर, यति लामो समय बितिसक्दा पनि उनको पार्थिव शरीर नेपाल ल्याउने प्रक्रिया टुंगिन नसकेको उनले बताए।

उनले राकेश पटेलको मृत्यु सम्बन्धी विवरण वैशाख २३ गते नै परराष्ट्र मन्त्रालयमा दर्ता गराइसकिएको भए पनि हालसम्म शव स्वदेश ल्याउन नसकिएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराए।

सांसद कानुले दिवंगत पटेलको पार्थिव शरीर सुरक्षित, सम्मानजनक र शीघ्र रूपमा नेपाल ल्याउन आवश्यक कूटनीतिक तथा प्रशासनिक पहल गर्न सरकारसँग आग्रह गरे। साथै, विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा, अधिकार र आकस्मिक अवस्थाको उद्धार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन सरकार थप जिम्मेवार र संवेदनशील बन्नुपर्ने धारणा व्यक्त गरे।

बैठकमा उनले दिवंगत राकेश पटेलप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना पनि व्यक्त गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय