spot_img

माउन्ट एभरेस्ट पावरको आईपीओ बाँडफाँट सम्पन्न

spot_img
spot_img

काठमाडौं,१९ असार । माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) शुक्रबार औपचारिक रूपमा बाँडफाँट गरिएको छ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेडले विशेष कार्यक्रममार्फत सर्वसाधारणका लागि निष्कासन गरिएको आईपीओको बाँडफाँट गरेको हो।

कम्पनीले असार ३ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। बिक्री प्रबन्धकका अनुसार निर्धारित अवधिभित्र रीतपूर्वक प्राप्त २८ लाख १५ हजार ६७९ वटा आवेदन स्वीकृत भएका थिए। मागभन्दा धेरै आवेदन परेपछि धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिकाअनुसार गोलाप्रथामार्फत सेयर बाँडफाँट गरिएको हो।

बाँडफाँटको नतिजाअनुसार १ लाख ४२ हजार ७६० जना आवेदकले १०–१० कित्ताका दरले सेयर प्राप्त गरेका छन् भने बाँकी आवेदकहरू सेयरबाट वञ्चित भएका छन्।

लगानीकर्ताले आफ्नो नतिजा सीडीएससीको वेबसाइट, मेरोसेयर एप तथा एनआईएमबी एस क्यापिटलको आईपीओ नतिजा प्रणालीमार्फत हेर्न सक्नेछन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय