spot_img

भारत–नेपाल सीमामा मोटरसाइकल चोरी गिरोहविरुद्ध ठूलो कारबाही, चार नेपालीसहित पाँच पक्राउ

spot_img
spot_img

बीरगन्ज,१९ असार । भारत–नेपाल सीमावर्ती क्षेत्रमा सक्रिय अन्तर्राष्ट्रिय मोटरसाइकल चोरी गिरोहमाथि भारतीय प्रहरीले ठूलो कारबाही गर्दै चार वटा चोरीका मोटरसाइकलसहित पाँच जनालाई पक्राउ गरेको छ।

रक्सौल अनुमण्डल प्रहरीले पक्राउ परेकामध्ये चार जना नेपाली नागरिक रहेको जनाएको छ। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका एक आरोपितको बयानका आधारमा थप चार जनालाई नियन्त्रणमा लिइएको हो।

अनुसन्धानबाट उक्त गिरोहले भारतको सीमावर्ती क्षेत्रमा मोटरसाइकल चोरी गरी नेपालतर्फ ल्याएर बिक्री वितरण गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूको साथबाट चार वटा चोरीका मोटरसाइकल पनि बरामद गरिएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ। साथै, गिरोहमा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा पक्राउ अभियानलाई समेत तीव्र बनाइएको बताइएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय