spot_img

पर्साको बाँसघारीबाट २७ किलो गाँजा बरामद

spot_img
spot_img

बीरगन्ज,१९ असार । पर्साको बिन्दवासिनी गाउँपालिका–४ मधवलस्थित बाँसघारीबाट प्रहरीले २७ किलोग्राम लागूऔषध गाँजा बरामद गरेको छ ।

विशेष सूचनाका आधारमा बिहीबार राति सशस्त्र प्रहरी बेस क्याम्प प्रसौनीभाठा र प्रहरी चौकी अमरपट्टीबाट संयुक्त रूपमा खटिएको सुरक्षा टोलीले बाँसघारीभित्र लुकाएर राखिएको अवस्थामा उक्त परिमाणको गाँजा फेला पारेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बरामद गरिएको गाँजा कसले र कुन उद्देश्यले त्यहाँ लुकाएर राखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ। घटनामा संलग्न व्यक्तिको पहिचान तथा खोजी कार्यलाई समेत तीव्र पारिएको प्रहरीले जनाएको छ ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय