बैतडी,१९ असार । बैतडीमा शुक्रबार दिउँसो यात्रुवाहक बस दुर्घटनामा परेको छ।
धनगढीबाट बैतडीतर्फ जाँदै गरेको सुपप्र ०१–००१ ख ३९६३ नम्बरको बस पाटन नगरपालिका–८ गैराखान क्षेत्रमा सडकबाट करिब ६० मिटर तल खसेर दुर्घटनामा परेको हो।
प्रत्यक्षदर्शीका अनुसार दुर्घटनालगत्तै स्थानीयवासी र सुरक्षाकर्मी उद्धार कार्यमा जुटेका छन्। दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण भने हालसम्म प्राप्त हुन सकेको छैन। प्रहरीले घटनास्थलमा उद्धार तथा आवश्यक अनुसन्धान जारी राखेको छ।




