spot_img

जरिवाना नतिरेपछि पक्राउ परेका पूर्वअध्यक्ष चौरसिया १० हजार बुझाएर रिहा

spot_img
spot_img

वीरगन्ज,१९ असार । कुटपिट मुद्दामा अदालतले तोकेको जरिवाना नतिरेपछि पक्राउ परेका पर्साको पकहाँमैनपुर गाउँपालिकाका पूर्वअध्यक्ष विजयकुमार चौरसिया अदालतमा १० हजार रुपैयाँ बुझाएर रिहा भएका छन्।

प्रहरीले शुक्रबार विशेष सूचनाको आधारमा वीरगन्ज महानगरपालिका–१३ राधेमाईस्थित पर्सा जिल्ला अदालत नजिकबाट चौरसियालाई नियन्त्रणमा लिएको थियो। उनलाई वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो।

चौरसियाविरुद्ध कुटपिट मुद्दामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले १० हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो। तर, उनले अदालतले तोकेको जरिवाना नतिरेपछि फैसला कार्यान्वयनका क्रममा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक नविन थापा मगरका अनुसार पक्राउपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी चौरसियालाई अदालतमा उपस्थित गराइएको थियो। अदालतमा उनले तोकिएको १० हजार रुपैयाँ जरिवाना बुझाएपछि अदालतको आदेशअनुसार उनी रिहा भएका हुन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय