spot_img

नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने

spot_img
spot_img

काठमाडौँ,१९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा प्रधानमन्त्री रवि लामिछानेले सरकारको पहिलो १०० दिन नागरिकमुखी सेवा र सुशासनको क्षेत्रमा सफल रहेको दाबी गरेका छन्।

शुक्रबार सिंहदरबारमा सरकारको १०० दिने कार्यसम्पादनबारे समीक्षा गर्दै लामिछानेले सरकारले सुरुवाती चरणमै सुशासनलाई उच्च प्राथमिकतामा राखेर काम गरेको बताए।

उनले नागरिकसँग प्रत्यक्ष जोडिएका सेवामा सुधार, सेवा प्रवाहलाई डिजिटल र सहज बनाउने प्रक्रिया तथा प्रशासनिक झन्झट कम गर्ने कामको थालनी भएको उल्लेख गरे। सुशासन अहिलेको सरकारको प्रमुख प्राथमिकता रहेको भन्दै नागरिकलाई प्रभावकारी सेवा दिने दिशामा सरकारले सकारात्मक सुरुवात गरेको उनको भनाइ थियो।

लामिछानेले भौतिक पूर्वाधारका ठूला आयोजना भने दीर्घकालीन योजना अन्तर्गत अघि बढाइएकाले त्यसको नतिजा तत्काल देखिन नसक्ने बताए। उनका अनुसार सरकारले पूर्वाधार विकासका लागि तीन वर्षे कार्ययोजना बनाएर काम गरिरहेको छ, जसको प्रतिफल क्रमशः देखिनेछ।

उनले सरकारले १०० दिनमा केही कमजोरी पनि हुन सक्ने स्वीकार गर्दै सञ्चारमाध्यम, नागरिक समाज र बुद्धिजीवीबाट प्राप्त सुझावलाई आत्मसात् गरेर आगामी दिनमा थप प्रभावकारी र परिपक्व ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय