spot_img

सिरहा: सीमाक्षेत्रबाट ११ लाख बढीका सामान मोटरसाइकलसहित बरामद

spot_img
spot_img

सिरहा, २० असार — सिरहाका विभिन्न सीमावर्ती क्षेत्रबाट भन्सार छली गरी नेपाल भित्र्याइँदै गरेका तथा भारततर्फ अवैध रूपमा लैजाँदै गरिएका करिब ११ लाख १० हजार ४२५ रुपैयाँ बराबरका सामान सशस्त्र प्रहरीले बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाले शुक्रबार जिल्लाका विभिन्न सीमा क्षेत्रमा सञ्चालन गरेको नियमित गस्ती तथा निगरानीका क्रममा मोटरसाइकल, किराना सामान र मदिरा बरामद गरेको हो।

गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाका अनुसार बरामद गरिएका सामग्रीको अनुमानित मूल्य ११ लाख १० हजार ४२५ रुपैयाँ रहेको छ। बरामद सबै सामग्री आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए।

एसपी थापाले सीमा क्षेत्रमा हुने अवैध चोरीपैठारी तथा भन्सार छली नियन्त्रणलाई प्राथमिकतामा राख्दै सुरक्षा निगरानी र गस्तीलाई थप प्रभावकारी बनाइएको बताए। उनले यस्ता अवैध गतिविधि नियन्त्रणका लागि सशस्त्र प्रहरीको निगरानी निरन्तर कडा रहने पनि स्पष्ट पारे।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय