spot_img

टेलिफोन संवादपछि नेतन्याहु र ट्रम्पबीच छिट्टै भेटवार्ता हुने

spot_img
spot_img

काठमाडौं,२० असार । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच निकट भविष्यमै भेटवार्ता हुने भएको छ।

बीबीसी फारसी सेवाका अनुसार इजरायली प्रधानमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा दुवै नेताबीच हालै भएको टेलिफोन संवादका क्रममा प्रत्यक्ष भेट गर्ने सहमति भएको उल्लेख गरिएको छ। यद्यपि, भेटवार्ताको मिति र स्थान सार्वजनिक गरिएको छैन।

टेलिफोन कुराकानीका क्रममा प्रधानमन्त्री नेतन्याहुले अमेरिका स्थापनाको २५०औँ वर्षगाँठका अवसरमा राष्ट्रपति ट्रम्पलाई शुभकामना दिएका थिए।

विज्ञप्तिअनुसार नेतन्याहुले अमेरिका विश्वमा स्वतन्त्रताको प्रमुख ग्यारेन्टर रहेको उल्लेख गर्दै इजरायलले अमेरिका–इजरायलबीचको घनिष्ठ र रणनीतिक सम्बन्धलाई उच्च महत्त्व दिने बताएका छन्।

दुवै नेताबीच हुने प्रस्तावित भेटवार्तामा द्विपक्षीय सम्बन्ध, क्षेत्रीय सुरक्षा तथा आपसी हितका विभिन्न विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय