spot_img

केन्द्रीय कारागारबाट फरार डाँका चोरी मुद्दाका कैदी पक्राउ

spot_img
spot_img

बीरगन्ज,२० असार । काठमाडौंको जगन्नाथदेवलस्थित केन्द्रीय कारागारबाट फरार भएका डाँका चोरी मुद्दाका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका–१ निवासी २६ वर्षीय रामलाल योन्जन (रमन) रहेका छन्। उनी डाँका चोरी मुद्दामा अदालतबाट दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका थिए।

प्रहरीका अनुसार योन्जन २०८२ साल भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका थिए। फरार भएपछि उनी लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका थिए।

विशेष सूचनाका आधारमा पक्राउ परेका योन्जनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः केन्द्रीय कारागार पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय