spot_img

नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन

spot_img
spot_img

बीरगन्ज,२० असार । बीरगन्जस्थित नारायणी अस्पतालमा बिरामीलाई सहुलियत दरमा गुणस्तरीय औषधि उपलब्ध गराउने उद्देश्यले सुलभ फार्मेसी सञ्चालनमा ल्याइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार अस्पतालमा यो सेवा सुरु गरिएको हो।

नेपाल सरकारको २०८२ चैत १३ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत सरकारी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन तथा विस्तार गर्ने कार्यक्रमअनुसार नारायणी अस्पतालमा पनि सेवा विस्तार गरिएको मन्त्रालयले जनाएको छ।

सुलभ फार्मेसी सञ्चालनसँगै अस्पतालमा उपचारका लागि आउने बिरामीले आवश्यक औषधि बजार मूल्यभन्दा कम दरमा अस्पतालबाटै सहज रूपमा प्राप्त गर्न सक्नेछन्। यसले बिरामीको उपचार खर्च घटाउनुका साथै सर्वसाधारणको गुणस्तरीय औषधिमा पहुँच बढाउने विश्वास मन्त्रालयको छ।

यसैबीच, नारायणी अस्पतालमा अत्याधुनिक क्याथ ल्याब (Cath Lab) मेसिन जडानको काम पनि सुरु भएको मन्त्रालयले जनाएको छ। क्याथ ल्याब सञ्चालनमा आएपछि मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचार सेवा थप प्रभावकारी र सहज हुने अपेक्षा गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय