spot_img

राष्ट्रिय वाणिज्य बैंकमा अनलाइन कर्जा आवेदन सेवा सुरु

spot_img
spot_img

काठमाडाै,२० असार । राष्ट्रिय वाणिज्य बैंकले ग्राहकलाई सहज, छिटोछरितो र पारदर्शी सेवा प्रदान गर्ने उद्देश्यले आइतबारदेखि अनलाइन कर्जा आवेदन सेवा सञ्चालनमा ल्याएको छ।

बैंकले शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्ययोजनाअन्तर्गत डिजिटल बैंकिङ सेवाको विस्तार गर्दै ग्राहकले घरमै बसेर कर्जाका लागि आवेदन दिन सक्ने व्यवस्था गरेको जनाएको छ।

बैंकका उपकार्यकारी अधिकृत तथा सूचना अधिकारी पवन रेग्मीका अनुसार नयाँ सेवाले कर्जा प्राप्तिको प्रक्रिया, आवश्यक कागजात तथा आवेदनको अवस्थाबारे ग्राहकमा रहने जिज्ञासा र अन्योललाई डिजिटल माध्यमबाट सहज रूपमा समाधान गर्नेछ।

उनका अनुसार यस सेवामार्फत कर्जा आवेदन प्रक्रिया थप छिटो, झन्झटरहित र पारदर्शी हुने अपेक्षा गरिएको छ। ग्राहकले बैंकको आधिकारिक वेबसाइटमा रहेको ‘Online Loan Application’ लिंकमार्फत RBB Smart Lending Digital Loan Portal मा प्रवेश गरी अनलाइन आवेदन दिन सक्नेछन्।

बैंकले जनाएको अनुसार पोर्टल प्रयोग गर्नुअघि ग्राहकले आफ्नो इमेल, युजरनेम र पासवर्ड प्रयोग गरी युजर रजिस्ट्रेसन गर्नुपर्नेछ। त्यसपछि आवश्यक विवरण र कागजात अपलोड गरेर कर्जा आवेदन प्रक्रिया अघि बढाउन सकिने व्यवस्था गरिएको छ।

राष्ट्रिय वाणिज्य बैंकले डिजिटल प्रविधिमार्फत ग्राहक सेवामा सुधार गर्दै बैंकिङ सेवालाई थप सहज, आधुनिक र पहुँचयोग्य बनाउने अभियानलाई निरन्तरता दिएको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय