spot_img

भौतिक र डिजिटल कनेक्टिभिटी नेपालको विकासको प्रमुख आधार : रघुवीर महासेठ

spot_img
spot_img

काठमाडौं, २० असार । नेकपा (एमाले)का उपमहासचिव रघुवीर महासेठले नेपालको दीगो विकास र समृद्धिका लागि भौतिक तथा डिजिटल कनेक्टिभिटी, कृषिको आधुनिकीकरण र औद्योगिक विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

‘चिनियाँ कम्युनिष्ट पार्टीको १०५ वर्ष : ऐतिहासिक अनुभव र नेपालको विकास’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले देशको विकासका प्राथमिकता स्पष्ट रहेको उल्लेख गर्दै गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा तथा अनुसन्धान र नवप्रवर्तनमा लगानी बढाउन आवश्यक रहेको बताए।

महासेठले वातावरण संरक्षण, लोकतान्त्रिक संस्थाको सुदृढीकरण, सामाजिक न्यायको सुनिश्चितता र नेपालको मौलिक सांस्कृतिक सम्पदाको संरक्षणलाई पनि विकासका महत्वपूर्ण आधारका रूपमा प्रस्तुत गरे।

नेपाल–चीन सम्बन्धबारे चर्चा गर्दै उनले दुई देशबीचको मित्रता आपसी सम्मान, सार्वभौम समानता र शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्तमा आधारित रहेको बताए। पछिल्ला वर्षहरूमा पूर्वाधार विकास, व्यापार, लगानी, पर्यटन, शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन तथा जनस्तरको सम्बन्धमा दुई देशबीचको सहकार्य विस्तार हुँदै गएको उनको भनाइ थियो।

युवाका लागि रोजगारी सिर्जना गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको उल्लेख गर्दै महासेठले डिजिटल अर्थतन्त्र र उदीयमान प्रविधिले उपलब्ध गराएका अवसरहरूको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिए।

उनले नेपाल–चीन सहकार्यले नेपालको विकास यात्रालाई मात्र होइन, क्षेत्रीय कनेक्टिभिटी, स्थिरता र साझा समृद्धिलाई पनि बल पुर्‍याएको उल्लेख गरे। विकासको वास्तविक मापन नागरिकको जीवनस्तरमा आएको सकारात्मक परिवर्तनबाट हुने उनको धारणा थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय