spot_img

गण्डक चेकपोस्टमा च्यातिएको झण्डा हटाइ नयाँ राष्ट्रिय झण्डा स्थापना

spot_img
spot_img

बारा,२० असार । बारा–पर्सा जोड्ने कलैया–वीरगञ्ज सडकखण्डस्थित गण्डक चेकपोस्टमा लामो समयदेखि च्यातिएको अवस्थामा रहेको राष्ट्रिय झण्डालाई प्रतिस्थापन गर्दै नयाँ झण्डा स्थापना गरिएको छ।

शनिबार युवा समाजसेवी तथा बारा क्षेत्र नं. ४ का प्रतिनिधिसभा प्रत्याशी सञ्जु साहको नेतृत्वमा स्थानीय युवाहरूको सक्रियतामा नयाँ राष्ट्रिय झण्डा फहराइएको हो।

झण्डा स्थापना गर्दै साहले भारत–नेपाल सीमासँग जोडिएको महत्वपूर्ण नाका गण्डक चेकपोस्टमा दैनिक रूपमा आवतजावत हुने स्वदेशी तथा विदेशी नागरिकका लागि राष्ट्रिय झण्डाले नेपालको पहिचान, गौरव र शान्तिको सन्देश प्रवाह गर्ने बताए।

उनले राष्ट्रिय झण्डा देशको स्वाभिमान, एकता र पहिचानको प्रतीक भएकाले यसको संरक्षण सबै नागरिकको साझा जिम्मेवारी भएको उल्लेख गर्दै लामो समयदेखि च्यातिएको झण्डा देख्दा दुःख लागेको कारण नयाँ झण्डा राखिएको बताए।

कार्यक्रममा परवानीपुर गाउँपालिका–५ का वडाध्यक्ष रामेश्वर साह कलवार, इलाका प्रहरी कार्यालय प्रसौनीका सुरक्षाकर्मी, स्वच्छ समाज युवा क्लबका पदाधिकारी, स्थानीय समाजसेवी, पत्रकार तथा युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरूले राष्ट्रिय झण्डाको सम्मान, संरक्षण र गरिमा कायम राख्न सबै नागरिक जिम्मेवार हुनुपर्नेमा जोड दिएका थिए। सहभागीहरूले नयाँ झण्डा स्थापना कार्यले राष्ट्रिय चेतना र गौरव बढाउने विश्वास व्यक्त गरे।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय