spot_img

बीरगन्जमा पर्सा चेस च्याम्पियनसिप सुरु, करिब १०० खेलाडी प्रतिस्पर्धामा

spot_img
spot_img

बीरगन्ज, २० असार । युथलिङ्क बीरगन्जको आयोजनामा तथा पर्सा जिल्ला बुद्धीचाल संघको सहकार्यमा दुईदिने पर्सा चेस च्याम्पियनसिप शनिबारदेखि बीरगन्जस्थित बीपीसी कलेजको सभाहलमा सुरु भएको छ। प्रतियोगितामा जिल्लाभरबाट करिब १०० खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ।

प्रतियोगिताको उद्घाटन पर्सा जिल्ला बुद्धीचाल संघका अध्यक्ष शुल्भ केसीको प्रमुख आतिथ्य तथा युथलिङ्क वीरगञ्जका अध्यक्ष अभिषेक सरार्फको अध्यक्षतामा सम्पन्न भएको हो। उद्घाटन समारोहमा अतिथिहरूले संयुक्त रूपमा दीप प्रज्वलन गरी प्रतियोगिताको शुभारम्भ गरेका थिए।

कार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरी, सञ्चारकर्मी अभिलाष गुप्ता र सन्तोष कुशवाहा, युथलिङ्क वीरगञ्जका उपाध्यक्ष रोशनकुमार सोनार, बीपीसी कलेजका निर्देशक डा. अर्बिन्द श्रेष्ठ, बासु कर्णलगायतको उपस्थिति रहेको थियो।

प्रतियोगिताको टुर्नामेन्ट डाइरेक्टर सौगात गिरी र प्रमुख निर्णायक (चिफ आर्बिटर) मिसन बास्कोटा रहेका छन्। स्विस लिग प्रणालीअनुसार सञ्चालन हुने प्रतियोगितामा कुल सात चरण (राउन्ड) का खेल हुनेछन्। पहिलो दिन चार र दोस्रो दिन तीन राउन्डका खेलपछि प्रतियोगिता सम्पन्न गरिने आयोजकले जनाएको छ।

आयोजकका अनुसार प्रतियोगिताको उद्देश्य पर्सा जिल्लामा बुद्धीचाल खेलको विकास, नयाँ प्रतिभाको पहिचान तथा खेलाडीहरूलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्नु हो। उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई प्रदेश तथा राष्ट्रियस्तरका प्रतियोगितामा समेत अवसर र प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरिएको छ।

उद्घाटन कार्यक्रममा वक्ताहरूले बुद्धीचाल खेलले विद्यार्थी तथा युवाहरूमा तार्किक सोच, निर्णय क्षमता, धैर्यता र एकाग्रता विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यस्ता प्रतियोगिताले जिल्लामा खेल संस्कृतिको विकासमा सकारात्मक योगदान पुर्‍याउने धारणा व्यक्त गरे।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय