spot_img

राहदानी सेवा तीन दिन बन्द हुने, नयाँ प्रणाली असार २९ देखि लागू

spot_img
spot_img

काठमाडौं,२० असार । राहदानी विभागले राहदानी जारी गर्ने प्रणालीलाई स्तरोन्नति गर्दै नयाँ प्रविधि लागू गर्ने तयारी गरेको छ। प्रणाली परिवर्तनका कारण देशभरका जिल्ला तथा इलाका प्रशासन कार्यालयहरू र विदेशस्थित नेपाली नियोगहरूबाट प्रदान गरिने राहदानी सेवामा केही दिनका लागि अवरोध हुने भएको छ।

विभागले बिहीबार जारी गरेको सूचनाअनुसार आगामी असार २९ गतेदेखि नयाँ प्रणालीमार्फत राहदानी सेवा पूर्ण रूपमा नियमित रूपमा सञ्चालनमा आउनेछ। यसअघि नै प्रणाली स्तरोन्नतिको क्रममा सेवा अस्थायी रूपमा प्रभावित हुन सक्ने जानकारी सार्वजनिक गरिएको थियो।

सूचनामा उल्लेख गरिएअनुसार असार २४ देखि २६ गतेसम्म जिल्ला तथा इलाका प्रशासन कार्यालयहरू र विदेशस्थित नेपाली नियोगहरूबाट हुने राहदानी आवेदन संकलन तथा वितरण सेवा पूर्ण रूपमा बन्द रहनेछ।

त्यसैगरी, काठमाडौँस्थित राहदानी विभागबाट प्रदान गरिने प्रत्यक्ष सेवा भने असार २५ र २६ गते दुई दिनका लागि स्थगित हुने विभागले जनाएको छ।

विभागले नयाँ प्रणाली लागू भएपछि राहदानी सेवा अझ सुरक्षित, प्रभावकारी र व्यवस्थित हुने विश्वास व्यक्त गरेको छ। साथै, प्रणाली परिवर्तनका कारण सेवाग्राहीलाई पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै आवश्यक सहयोग र सहकार्यका लागि आग्रह समेत गरेको छ।

 

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय