spot_img

देशभरका १४ संघीय अस्पतालमा जलन उपचार इकाइ स्थापना

spot_img
spot_img

काठमाडौं,२० असार । सरकारले देशभरका १४ वटा संघीय अस्पतालमा जलन उपचार (बर्न केयर) इकाइ स्थापना गरेको जनाएको छ। सरकार गठन भएको एक सय दिन पूरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सस्मीत पोखरेलले स्वास्थ्य सेवाको विस्तारअन्तर्गत उक्त सेवा सञ्चालनमा ल्याइएको जानकारी दिए।

प्रवक्ता पोखरेलका अनुसार जलनका बिरामीलाई विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले १४ अस्पतालमा बर्न केयर इकाइ स्थापना गरिएको हो। यसका लागि ६४ जना स्वास्थ्यकर्मीलाई विशेष तालिमसमेत प्रदान गरिएको उनले बताए।

उनले लक्षित वर्गका बिरामीलाई निःशुल्क उपचार सेवा थप व्यवस्थित बनाउन ‘लक्षित वर्ग निःशुल्क उपचार पोर्टल सञ्चालन तथा व्यवस्थापन कार्यविधि–२०८३’ जारी गरिएको जानकारी पनि दिए।

सरकारले स्वास्थ्य क्षेत्रमा सेवा प्रवाह सुधार गर्ने क्रममा ‘सुलभ फार्मेसी सेवा मापदण्ड–२०८३’ कार्यान्वयनमा ल्याई सहुलियत दरमा गुणस्तरीय औषधि उपलब्ध गराउने कार्यक्रमलाई समेत अघि बढाएको प्रगति विवरणमा उल्लेख गरिएको छ।

सरकारका अनुसार यी कार्यक्रमले उपचार सेवाको पहुँच विस्तार गर्नुका साथै सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय