बीरगन्ज,२० असार । जनकपुरबाट पोखरातर्फ जाँदै गरेको ना ६ ख ७४५७ नम्बरको यात्रुवाहक बस हेटौँडामा दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।
हेटौँडा–वीरगन्ज सडकखण्डअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोस्ट नजिक शनिबार बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका ९ जनाको उद्धार गरी उपचारका लागि नजिकैको अस्पताल पठाइएको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।




