spot_img

मधेशमा लागुऔषधविरुद्ध प्रहरीको कडाइ, २० दिनमा ५८ जना पक्राउ

spot_img
spot_img

जनकपुर,२० असार । मधेश प्रदेश प्रहरीले सञ्चालन गरेको विशेष लागुऔषध नियन्त्रण अभियानअन्तर्गत पछिल्लो २० दिनमा ५८ जनालाई पक्राउ गरेको छ।

मधेश प्रदेश प्रहरी कार्यालयले शनिबार सार्वजनिक गरेको विवरणअनुसार असार १ देखि २० गतेसम्म सञ्चालन गरिएको अभियानमा सप्तरीबाट तीन, सिरहाबाट १५, धनुषाबाट १०, महोत्तरीबाट नौ, सर्लाहीबाट तीन, रौतहटबाट दुई, बाराबाट पाँच तथा पर्साबाट ११ जना पक्राउ परेका हुन्।

प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट ठूलो परिमाणमा गाँजा, ब्राउन सुगर (खैरो हिरोइन) तथा विभिन्न प्रकारका लागुऔषधजन्य ट्याब्लेट बरामद गरिएको छ।

पक्राउ परेका सबैविरुद्ध लागुऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। साथै, प्रदेशभर लागुऔषध नियन्त्रणलाई प्रभावकारी बनाउन विशेष अभियानलाई आगामी दिनमा थप सशक्त रूपमा निरन्तरता दिइने मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय