काठमाडौं,२१ असार । नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेर २ लाख ९० हजार ३ सय रुपैयाँ कायम भएको छ।
यसअघि शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको सामान्य उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरूको भनाइ छ।
त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घट्दै ४ हजार ६ सय ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस करिब ४ हजार १ सय ७६ अमेरिकी डलरको हाराहारीमा कारोबार भइरहेको छ, जसको प्रभाव स्थानीय बजारको मूल्य निर्धारणमा समेत परेको छ।




