spot_img

एकै दिन २० लाखभन्दा बढी राजस्व संकलन

spot_img
spot_img

काठमाडौं,२१ असार । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकविरुद्ध निगरानी कडा बनाइएपछि एकै दिन २० लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा २ हजार सवारी चालक कारबाहीमा परेका छन्। उनीहरूबाट जरिवानाबापत २० लाख ४ हजार १४ रुपैयाँ राजस्व सङ्कलन भएको प्रहरीले जनाएको छ।

कारबाहीमा परेकामध्ये सबैभन्दा धेरै १ हजार २५६ जना विभिन्न ट्राफिक नियम पालना नगरेको अभियोगमा रहेका छन्। त्यसपछि नियमविपरीत राइड सेयरिङ गर्ने १२९ जना, तीव्र गतिमा सवारी चलाउने ११३ जना तथा लेन अनुशासन उल्लङ्घन गर्ने १०७ जना चालकलाई कारबाही गरिएको छ।

त्यसैगरी, एकतर्फी सडकमा सवारी चलाउने ९६ जना, सडक पेटीमा पार्किङ गर्ने ९३ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ८४ जना, मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने ६१ जना र ट्राफिक बत्ती उल्लङ्घन गर्ने ६१ जना पनि कारबाहीमा परेका छन्।

ट्राफिक प्रहरीले सडक अनुशासन कायम गर्न र दुर्घटना न्यूनीकरणका लागि नियमित अनुगमन तथा कारबाहीलाई अझ प्रभावकारी बनाइने जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय