काठमाडौं,२१ असार । देशभर मनसुन सक्रिय रहेकाले आज पनि केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका केही जिल्लामा मेघगर्जनसहित भारी वर्षा हुन सक्ने जनाएको छ।
महाशाखाका अनुसार निरन्तर वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो तथा नदी–खोलामा पानीको सतह बढ्न सक्ने जोखिम रहेकाले नदी तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा सरोकारवालालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
यस्तै, वर्षाका कारण सडक यातायात, हवाई उडान तथा दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन र मौसमसम्बन्धी आधिकारिक सूचनालाई नियमित रूपमा पछ्याउन मौसम विभागले अनुरोध गरेको छ।




