spot_img

त्रिभुवन विमानस्थलबाट २.८ केजी गाँजासहित भारतीय नागरिक पक्राउ

spot_img
spot_img

काठमाडौं,२१ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो ८०० ग्राम गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्। थाइल्यान्डबाट नेपाल हुँदै भारत लैजान लागिएको आशंकामा उनलाई लागुऔषध नियन्त्रण ब्युरोले नियन्त्रणमा लिएको हो।

लागुऔषध नियन्त्रण ब्युरोका अनुसार पक्राउ पर्नेमा भारतको पश्चिम बंगालस्थित कोलकाताका ५७ वर्षीय हरि क्षेत्री रहेका छन्। उनी थाई एयरवेजको उडान नम्बर टीजी–३०९ मार्फत बैंककबाट काठमाडौं आइपुगेका थिए।

आज बिहान विमानस्थलमा नियमित लगेज जाँचका क्रममा उनको झोलाभित्र रहेको चकलेटको प्याकेटभित्र लुकाइराखिएको २.८ केजी गाँजा फेला परेपछि प्रहरीले उनलाई तत्काल पक्राउ गरेको हो।

प्रारम्भिक अनुसन्धानका अनुसार बरामद गरिएको गाँजा थाइल्यान्डबाट नेपाल हुँदै भारतको कोलकाता पुर्‍याउने योजना रहेको देखिएको प्रहरीले जनाएको छ।

प्रहरीले क्षेत्रीको पासपोर्ट र मोबाइल फोन पनि नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ। उनीविरुद्ध लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय