spot_img

आर्थिक तथा अनुसन्धानमूलक पत्रकार रितेश त्रिपाठी कर्पोरेट नेपालमा सह–सम्पादक नियुक्त

spot_img
spot_img

वीरगन्ज,२१ असार । आर्थिक तथा अनुसन्धानमूलक पत्रकारितामा लामो समयदेखि सक्रिय रहेका वीरगञ्जका पत्रकार रितेश त्रिपाठी कर्पोरेट नेपालमा सह–सम्पादकका रूपमा आबद्ध भएका छन्।

पत्रकारिता क्षेत्रमा डेढ दशकभन्दा बढी अनुभव हासिल गरेका त्रिपाठीले शिक्षक मासिकसहित विभिन्न सञ्चार माध्यममा काम गरेका छन्। उनी नागरिक दैनिकमा करिब १० वर्ष समाचारदाताका रूपमा कार्यरत रहे भने पछिल्लो समय उकालो डटकममा वरिष्ठ समाचारदाताको जिम्मेवारी सम्हाल्दै आएका थिए।

त्रिपाठीले विशेषगरी आर्थिक पत्रकारिताअन्तर्गत व्यापार, पारवहन, उद्योग, लगानी, बजार, सार्वजनिक खरिद तथा आर्थिक नीतिसम्बन्धी विषयमा गहिरो रिपोर्टिङ गर्दै आएका छन्। अनुसन्धानमूलक पत्रकारितामा पनि उनको सक्रिय उपस्थिति रहेको मानिन्छ।

कर्पोरेट नेपालले त्रिपाठीको अनुभव र दक्षताले संस्थाको आर्थिक समाचार र विश्लेषणात्मक सामग्रीलाई अझ सशक्त, तथ्यपरक तथा अनुसन्धानमुखी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

पत्रकारिता क्षेत्रमा अनुभवी र अनुसन्धानमुखी पत्रकारका रूपमा परिचित त्रिपाठीको नयाँ जिम्मेवारीसँगै कर्पोरेट नेपालको सम्पादकीय टोली थप सुदृढ हुने अपेक्षा गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय