spot_img

पोखरियामा वृक्षारोपण कार्यक्रम सम्पन्न, विकासमा विवाद होइन सहकार्यको सन्देश

spot_img
spot_img

वीरगन्ज,२१ असार । पर्साको पोखरिया नगरपालिका–९ स्थित हनुमान मन्दिर परिसरमा निर्माणाधीन पार्कमा आइतबार वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। लायन्स क्लब अफ पोखरियाको आयोजनामा भएको कार्यक्रममा धार्मिक क्षेत्रलाई हरियालीयुक्त, स्वच्छ र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सामूहिक सहकार्यको आवश्यकता औँल्याइएको छ।

लायन्स क्लब अफ पोखरियाका अध्यक्ष नेजामुद्दीन शमानीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्य तथा पूर्व कृषि मन्त्री जनार्दन सिंह क्षेत्री प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा पूर्व नगर प्रमुख दिपनारायण रौनियार, श्रीकिसुन चौहान, वडा अध्यक्ष नौशाद आलम, लक्ष्मण साह, रामबाबु चौहान, लायन्स क्लबकी उपाध्यक्ष तथा नेपाली कांग्रेसकी महिला नेतृ आशा चौहान, विभिन्न राजनीतिक दलका प्रतिनिधि, क्लबका पदाधिकारी, स्थानीय बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका अवसरमा हनुमान मन्दिरको जग्गा नामसारी प्रक्रियामा महत्वपूर्ण योगदान पुर्‍याएका गोरख साह तेलीलाई प्रमुख अतिथि क्षेत्रीले दोसल्ला ओढाएर सम्मान गरेका थिए।

वक्ताहरूले निर्माणाधीन पार्कका लागि प्रदेश सरकारबाट विनियोजित बजेट आपसी विवादका कारण खर्च हुन नसकी फ्रिज भएकोप्रति दुःख व्यक्त गर्दै विकास आयोजनालाई समयमै सम्पन्न गर्न सबै पक्षबीच समन्वय, सहकार्य र आपसी विश्वास आवश्यक रहेको बताए।

उनीहरूले हनुमान मन्दिर परिसरलाई धार्मिक आस्थासँगै हरियाली, वातावरण संरक्षण र पर्यटन प्रवर्द्धनको केन्द्रका रूपमा विकास गर्न स्थानीय सरकार, सामाजिक संस्था र समुदायले साझा जिम्मेवारीका साथ अघि बढ्नुपर्नेमा जोड दिएका थिए। वृक्षारोपण कार्यक्रमले वातावरण संरक्षणसँगै स्थानीय क्षेत्रको सौन्दर्य अभिवृद्धिमा सकारात्मक योगदान पुग्ने विश्वाससमेत व्यक्त गरिएको थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय