spot_img

टेरामक्स प्रकरणमा दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर

spot_img
spot_img

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिदमा प्राधिकरणका तत्कालीन अध्यक्षसहित तीन जना दोषी ठहर भएका छन् ।

विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झा, सदस्यहरू धनराज ज्ञवाली र टीका उप्रेतीलाई दोषी ठहर गरेको हो ।

उनीहरूलाई ६ महिना कैद र ५० हजार रुपैयाँका दरले जरिबाना ठहर भएको छ । त्यस्तै,यही प्रकरणमा कांग्रेस नेता मोहनबहादुर बस्नेतले भने सफाइ पाइका छन् ।

दिगम्बर झा (तत्कालीन अध्यक्ष, नेपाल दूरसञ्चार प्राधिकरण) : ६ महिना कैद र ५० हजार रूपैयाँ जरिवानाको सजाय सुनाइएको छ । यसका साथै उनी तत्कालीन समयमा सार्वजनिक ओहोदा (प्राधिकरणको अध्यक्ष) मा बहाल रहेको हुँदा थप ६ महिना कैद सजाय तोकिएको छ । यसरी झालाई कूल १ वर्ष कैद र ५० हजार रूपैयाँ जरिवाना हुने फैसला भएको छ ।

धनराज ज्ञवाली (तत्कालीन सदस्य, दूरसञ्चार प्राधिकरण बोर्ड तथा तत्कालीन कानून सहसचिव): कसूरदार ठहर गर्दै ६ महिना कैद र ५० हजार रूपैयाँ जरिवानाको सजाय सुनाइएको छ ।

टीकाप्रसाद उप्रेती (तत्कालीन सदस्य, दूरसञ्चार प्राधिकरण बोर्ड) : कसूरदार ठहर गर्दै ६ महिना कैद र ५० हजार रूपैयाँ जरिवानाको सजाय सुनाइएको छ ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय