spot_img

राष्ट्रिय सभामा आज गृह र अर्थसहित ८ मन्त्रीहरुले जवाफ दिं‌दै

spot_img
spot_img

काठमाडौं,२३ असार –  राष्ट्रिय सभाको आजको बैठकमा गृहमन्त्री सुधन गुरुङ र अर्थमन्त्री डा। स्वर्णिम वाग्लेसहित आठ जना मन्त्रीले बजेटमाथिको मन्त्रालयगत छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ।

आजको कार्यसूचीअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा वातावरण मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय तथा परराष्ट्र मन्त्रालयसँग सम्बन्धित विषयमा उठेका जिज्ञासाको सम्बोधन गरिनेछ।

राष्ट्रिय सभाको बैठक दिउँसो १२स्१५ बजे सुरु हुने तय गरिएको छ।

यसैगरी रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा राष्ट्रिय योजना आयोगको सचिवालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ पनि आजै प्रस्तुत गरिनेछ।

बैठकमा राष्ट्रिय सभाका अध्यक्षले विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न शीर्षकमा दर्ता भएका खर्च कटौतीका प्रस्तावहरू निर्णयका लागि प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ।

अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्।

त्यसैगरी प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकलाई पनि राष्ट्रिय सभामा अगाडि बढाइने कार्यक्रम रहेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय