spot_img

प्रधानमन्त्री बालेन शाह र एडीबी अध्यक्ष मासातो कान्दाबीच भेट

spot_img
spot_img

काठमाडौं, २३ असार । प्रधानमन्त्री बालेन शाह र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाबीच मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता भएको छ।

भेटका क्रममा नेपाल–एडीबी सहकार्य, विकास साझेदारी, आर्थिक सहयोग तथा नेपालका विकास प्राथमिकताका विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

प्रधानमन्त्री शाह नेतृत्वमा नयाँ सरकार गठन भएपछि अध्यक्ष कान्दाले सामाजिक सञ्जाल एक्समार्फत नेपालका विकास प्राथमिकतामा एडीबीको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए।

यसैबीच, कान्दाको नेपाल भ्रमणका क्रममा नेपाल र एडीबीबीच १६ करोड ५० लाख अमेरिकी डलर (करिब २५ अर्ब रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सम्झौता पनि भएको छ। उक्त ऋण दुई विकास आयोजनामा लगानी गर्ने उद्देश्यले उपलब्ध गराइने जनाइएको छ।

सोमबार भएको सम्झौतामा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र एडीबीका नेपालस्थित आवासीय नियोगका देशीय निर्देशक आनो कुश्वाले हस्ताक्षर गरेका थिए। सम्झौता कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एडीबी अध्यक्ष मासातो कान्दा उपस्थित थिए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय