spot_img

पहिरो र बाढीले तीन प्रमुख सडक पूर्ण अवरुद्ध

spot_img
spot_img

काठमाडौं,२३ असार । लगातारको वर्षासँगै आएको पहिरो र बाढीका कारण देशका तीन प्रमुख सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार जाजरकोटको नलगाढ नगरपालिका–८ मलुवास्थित जाजरकोट–डोल्पा सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द भएको छ।

त्यसैगरी, रोल्पाको माडी गाउँपालिका–६ हार्निङ क्षेत्रमा असार २२ गते आएको पहिरोले रुकुम–घोराही सहिद मार्ग अवरुद्ध बनेको छ।

यस्तै, रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलामा असार १७ गते आएको बाढीका कारण भेरी करिडोर सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन।

प्रहरीका अनुसार वर्षाका कारण अवरुद्ध भएका केही मुख्य राजमार्ग भने आंशिक वा एकतर्फी रूपमा सञ्चालनमा आएका छन् भने बाँकी सडक खुलाउने प्रयास जारी छ।

नेपाल प्रहरीले पूर्ण रूपमा बन्द रहेका सडक सञ्चालनमा नआएसम्म ती मार्गबाट यात्रा नगर्न तथा आंशिक रूपमा सञ्चालनमा रहेका सडकमा अत्यधिक सावधानी अपनाएर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय