spot_img

लोड गरिएको कटुवा पेस्तोल र गोलीसहित रौतहटमा १ जना पक्राउ

spot_img
spot_img

बीरगन्ज,२३ असार । रौतहट प्रहरीले लोड गरिएको कटुवा पेस्तोल, थप गोली, नगद तथा प्रतिबन्धित औषधिसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गरुडा नगरपालिका–९ बिर्ताका ४२ वर्षीय सदरे आलम रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार असार २२ गते गरुडा नगरपालिका–५ स्थित झाझपुल नजिक रहेको गौतम सहनीको मदिरा पसलमा शंकास्पद अवस्थामा रहेका आलमलाई जाँच गर्दा उनको कम्मरबाट एक राउण्ड गोली लोड गरिएको कटुवा पेस्तोल बरामद गरिएको थियो।

पक्राउपछि गरिएको प्रारम्भिक अनुसन्धानका क्रममा आलमले मदिरा पसल पछाडिको खेतमा रहेको झाडीभित्र थप हातहतियार तथा नगद लुकाएको स्वीकार गरेका थिए।

उनकै सूचनाका आधारमा प्रहरीले उक्त स्थानमा खोजतलास गर्दा कटुवा पेस्तोलमा प्रयोग हुने ४ थान लाइभ राउण्ड गोली, १ थान ब्ल्याङ्क राउण्ड, २४ हजार ५ सय भारतीय रुपैयाँ, ३२ हजार ५ सय नेपाली रुपैयाँ तथा २ पिस नाइट्राभेट ट्याब्लेट बरामद गरेको जनाएको छ।

प्रहरीले पक्राउ परेका आलमलाई नियन्त्रणमा राखी हातहतियार तथा अन्य बरामद सामग्रीको स्रोत र प्रयोगबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय